Breaking
Thu. Jan 23rd, 2025

सुनकोशी समाचार
बागमती खेलकुद विकास परिषद् द्वारा आयोजित २०८० फागुन २१ देखि २२ गते सम्म भरतपुर , चितवनमा सम्पन्न भएको १४ औ राषपति रनिङ शिल्ड बागमती प्रदेश स्तरिया तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकको प्रतिनिधित्व गरि महिला ५९ केजि तौलमा अमिशा तामाङ र महिला ५२ केजि तौल समुहमा सोफिया श्रेष्ठले कास्य पदक जित्न सफलभएको थियोे ।

सोही खेलाडीहरुलाइ आज सिनियर र जुनियर ग्रेडिङ कार्यक्रममा हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । हिराहरि तेक्वान्दो डोजाङ्गले डोजाङ्गले डोजाङ्गमा प्रशिक्षणरत पदक विजेता खेलाडीहरुलाइ हौसला प्रदान गर्न र थप प्रगती गर्न प्रेरित होस् भनी सम्मान गर्ने गर्दछ ।
नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलयको नियमित कार्यक्रम अनुसार साथै हिराहरी तेक्वान्दो डोजाङ्गकामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको सिनियर तथा जुनियर ग्रेडिङ Belt Promotion Test सम्पन्न भएको छ । ग्रेडिङमा पुरुषतर्फ साजन अधिकारी र महिलातर्फ बिन्दा श्रेष्ठ उत्कृष्ट खेलाडी हुन सफल भएको छ। उत्कृष्ट खेलाडीहरुलाइ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख गुरुङद्वारा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेको छ ।
सिनियर ग्रेडिङमा रातो पेटीबाट रातो कालो पेटीमा रेहान श्रेष्ठ, आशिष तामाङ, राजिब ढुङ्गाना , सदिना खत्री, प्रमिश कटुवाल, प्रवेश नेपाल, सलिना चुहान, उत्सब भारती बढुवा भएको छ । रातो कालो पेटीबाट कालो पेटीमा सचिन तामाङ, मिशन बागदाश , मिसन श्रेष्ठ बढुवा भएको छ । तेस्तै गरि प्रथम डान कालो पेटीबाटमा दोस्रो डान कालो पेटीमा अनमोल कार्की , निशान ढुङ्गाना र विजय तामाङ उतिर्ण भइ स्तर बढुवा भएको छ ।

जुनियर तर्फ हरियो पेटीमा उत्कृष्ट हुनेद्वय बिन्दा श्रेष्ठ र साजन अधिकारी उत्कृष्टसङै डबल प्रमोशन हुन सफल भएको छ । हरियो पेटीमा पुजन ढुङ्गानाले डबल प्रमोसन भएसङै निलो पेटीमा बढुवा हुन सफल भएको छ ।

कार्यक्रममा सिनियर खेलाडीहरु सोफिया श्रेष्ठ, कुशल ढुङ्गाना, साजन घले , लाक्पा तामाङको उपस्थिति रहेको थियोे ।
कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *