Breaking
Thu. Jan 23rd, 2025

सुनकोशी समाचार

सुनकोशी ।जेष्ठ १८ गते ।। कृषिमा यान्त्रीकरण गर्दै कृषिमा सुधार ल्याउने उद्देश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरूलाई मिनिटेलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार कृषकहरूका लागि सहुलियतमा २ सय १० कृषकहरूलाई मिनी टेलर उपलब्ध गराएको छ ।गाउँपालिकाले मिनी टेलर खरिदका लागि विद्युतीय प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनी टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनी टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।

कुल २८ हजार ४ सय रुपियाँमा मिनी टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार २ सय उपलब्ध गराएको र कृषकहरूले पनि ५० प्रतिशतको १४ हजार २ सय रुपियाँ गाउँपालिकाको खातामा जम्मा गराएपछि कृषकहरूलाई मिनी टेलर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा मिनी टेलर लिनका लागि आएका कृषकहरू असाध्यै कम रकममा अनुदानमा मिनी टेलर पाएपछि खुसी भएका थिए ।
बजारमा न्यूनतम ४० देखि ५० हजार सम्म पाउने यस्ता मिनी टेलर गाउँपालिकासँगको सहकार्यमा १४ हजार २ सयमा नै पाउँदा आफूलाई खुसी लागेको सुनकोशी–५ का कृषक नेत्र बहादुर बुढाथोकीले  बताए ।गाउँपालिकाले ७ हर्षपावरको मिनी टेलर कृषकहरूलाई उपलब्ध गराएको छ । जिल्लाका १२ स्थानीय तह मध्ये ठुलो परिणाम र सस्तोमा मिनी टेलर उपलब्ध गराउने सुनकोशी गाउँपालिका मात्रै हो । यो वर्ष पालिकाले पहिलो प्राथमिकतामा समूहहरूको लागि मात्रै मिनी टेलर उपलब्ध गराउने भने पनि समूह बाहिरबाट पनि मिनी टेलरको माग आएकाले आवेदन दिने सबैलाई मिनी टेलर उपलब्ध गराइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनु भयो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *