Breaking
Fri. Mar 21st, 2025

सुनकोशी समाचार

जेष्ठ ३१ । नेपाल तेक्वान्दो संघमा सदस्य सचिवको द्वैध चरित्रका कारण तेक्वान्दो संघमा विवाद उत्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघको बिषयमा बिबाद निकालेर नयाँ अर्को राष्ट्रिय तेक्वान्दो यूनियन जन्माएपछि तेक्वान्दोमा विवाद आएको हो । एउटै प्रकृतिको दुईवटा संस्था दर्ता भएको भनी ६ महिना अगाडि पाटन उच्च अदालतले यो बिषयको मुद्दामा एउटै प्रकृतिको दुइटा संघ दर्ता गर्न नपाइने र आधिकारिक सघं भनेकै नेपाल तेक्वान्दो संघ हो भनी फैसला गरिसकेको र यो संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ हो ।
अहिले आएर छ महिना पहिले नै उच्च अदालत पाटनले मुद्दाको छिनोफानो गरिसकेको अबस्थामा पुन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङले संघलाई राजनीतिक प्रतिसोध साँध्ने उद्देश्यले दुई हप्ता अगाडि आफ्नो कार्य कक्षमा सदस्य सचिव स्तरिय निर्णय गर्दै पुन राष्ट्रिय तेक्वान्दो खोल्ने निर्णय गर्नु भनेको नेपालकै नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न सफल तेक्वान्दो खेललाई धरासाही पार्न लागेको स्पष्ट देखिन्छ ।
यसरी अदालतलाई नै अपहेलना गर्दै सदस्य सचिव टंकलाल घिसिङले गरेको निर्णय बिरूद्ध नेपाल तेक्वान्दो संघ अदालत जान वाध्य भएको हो । तेक्वान्दो संघले घिसिङको कदमको विरुद्ध उच्च अदालत गएपछि गत मंगलबार पाटन उच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् तथा सदस्य सचिव टंक लाल घिसिङ बिरूद्ध हाजिर हुन आदेश दिएको छ ।

खेलकुद क्षेत्रमा बिगत देखिनै संघहरूलाई फुटाएर राज गर्ने निती अप्नाएका खेलकुद क्षेत्रका नेतृत्व गर्ने भाइरसहरुकै कारण खेलक्षेत्र तहसनहस हुँदै गएको छ ।
सदस्य सचिव घिसिङले चालेको गैर जिम्मेवारी कदमको बिरोधमा हजारौं उजुरी खेलकुद मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबीमा पारेको छ । सदस्य सचिवले खेलकुद परिषदका केही ब्यक्तीलाई प्रयोग गरेर अकुत सम्पत्तिसमेत जोडेका प्रमाणहरू प्रसस्त छन् ।

त्रिबिको क्रिकेट मैदानमा राख्न लागेको बत्तिमा १५ करोड खाने तयारीमा रहेको पनि खुलेको छ । टंक लाल घिसिङले नेतृत्व गरेको रक्बि खेलमा अहिलेसम्म कति रकम हिनामिना गरे त्यसको हिसाब किताब नै छैन । रक्बि खेलले सय बर्षसम्म नेपालमा केही गर्न सक्ने अवस्था छैन, तर ठुलो रकम लगानी गरी चलखेल गरी सो खेलका नाममा करोडौं चलखेल गर्दै आएको पाइएको छ ।
कसैको पनि आदेश नमान्ने हाम्रो प्रधानमन्त्री रहुन् जेल मलाई चलाउन नसक्ने भन्दै सदस्य सचिवले उल्टै तानाशाही र गुण्डागर्दी शैलीमा उत्रने गरेको समेत खेलकुद क्षेत्रका हस्तीहरुले बताउने गरेका छन् । सदस्य सचिव घिसिङको यस्ता गलत कार्यको सहयोगी शिब कोइराला उर्फ ज्वालाले साथ दिँदै आइरहेको खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको खबर छ । सदस्य सचिव टंक लाल घिसिङको अबको टार्केट भनेको दसौं राष्ट्रिय गेम रहेको स्रोतले दाबी गरेको छ ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *