रबिन्द्र खड्का
जेष्ठ ३२ गते।।बिगत दुई दशक देखि निरन्तर सांगीतिक क्षेत्रमा लागिरहकी गायिका बसन्ती लामाले दुई दर्जनौं भन्दा बढी गीतहरु गाइसकेकी छन् । यस् खतरा गीतमा पनि बसन्ती लामाले सुमधुर आवाज भरिएको छ।
उक्त गीत रमेश बिक्रम रत्न र गायिका लामाको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको “खतरा” गीतको शब्द संगीत रमेश बिक्रम रत्नको रहेको छ ।
भिडियोमा चर्चित मोडल एलिना रायमाझी, दिपेन थापा, रमेश बिक्रम रत्न, जय शम्भु र बिनोद थापाको मुख्य अभिनय गरिएका छन् ।
गायिका लामाले गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गायिका हुन् । समाजसेवी सेवा देखि हाल तराना कला केन्द्र मार्फत धेरै संगीतका प्रसिक्षार्थीलाई ज्ञान बाँड्दै आएकी छिन् ।
लक्षु प्रकाश मल्लको संगीत संयोजन साथै सुन्दर लामाको मिक्सिंगमा तयार भएको गीतलाई गायिका लामाले यसपटक भने आफ्नो कर्णप्रिय स्वर मार्फत केहि पृथकता दिने प्रयास गरेकी छिन् ।
म्युजिक भिडियोलाई निर्देशन प्रशान्त मगरले गरेका हुन् भने छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । यस म्युजिक भिडियो लाई दिपेन थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायिका बसन्ती लामा तामाङ सेलो जगतमा पनि निकै सकृय गायिकी रुपमा परिचित छन् ।