Breaking
Wed. Feb 12th, 2025

सुनकोशी समाचार

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ४, ५ र ६ जोड्ने झोलुङ्गे पुल बनेपछि सुनकोशी गाउँपालिकाका स्थानिय खुसी भएका छन् वारी(सुनकोशी–६) बाट पारी (सुनकोशी ४ र ५) जंगलमा घाँस ,दाउरा गर्न जाँदा खोला तर्न नसकेका विगत उनलाई अहिले जस्तो लाग्छ । घाँस, दाउरा ल्याउँदा खोलामा तर्न नसकेर निकै गाह्रो हुन्थ्यो, धेरै पटक साथीहरुलाई खोलाले बगायो पनि तर अब पुल बनेपछि सबैलाई सजिलो भएको स्थानिय टोप बहादुर बस्नेतले बतनउनु भयो।

सुनकोशी गाउँपालिकाको ३ वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल बनेपछि तिन वडाका स्थानीयलाई पाखर खोलामाथि आवातजावत गर्न निकै सजिलो भएको स्थानीय सुरेस लामाले बताउनु भयो । विगतका वर्षमा आवतजावतका लागि पाखर–खोला तर्नुपर्ने बाध्यता स्थानीयबासीको थियो ।
बर्सेनि वर्षातको समयमा स्थानीयबासीले ज्यानसमेत गुमाउने गरेको लामाले बताए । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उनको भनाइ छ । झोलुङ्गे पुल बन्नु अगाडि पाखर खोलामाथि पुरानो काठको पुलबाट स्थानीय आवतजावत गर्ने गरेका थिए ।
पाखर खोलामा पुल निर्माणका लागि आफूहरुले लामो समयदेखि प्रयास गरेपनि बल्ल पूरा भएको स्थानीय एवम सुनकोशी थुम्पाखर पाखर खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो । खोला बाट झण्डै २ किलोमिटर माथिबाट निर्माण सामग्री बोकेरै पुल निर्माण गरेको बस्नेतले बताए ।
जनहित ग्रामीण सेवा समितिको प्राविधिक तथा सामाजिक सहयोग, सुनकोशी गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम(स्वाप) को आर्थिक सहयोगमा ९७ मिटर लामो पुल निर्माण भएको छ ।

गाउँपालिकाको ७ लाख ७१ ह्जार ४४१, स्वाप कार्यक्रमबाट ४५ लाख ६४ हजार ४९३,पुल निर्माण सामग्री ४ लाख ७९ हजार ५४४, जनसहभागिता १ लाख १८ हजार ६८३ सहित कूल ५९ लाख ३४ हजार १६२ रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले गरेका थिए । अध्यक्ष तिमिल्सिनाले पुलसम्म आउने बाटो समस्या रहेकाले आगामी आर्थिक वर्षमा दुवैतर्फ सडक ल्याउनका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनु भयो ।
आफ्नो कार्यकाल भित्र सुनकोशी गाउँपालिका भित्र आवश्यकताको आधारमा सबै खोलामाथि झोलुङ्गे पुल निर्माण सम्पन्न हुने गरेर काम सुरुवात गरेको बताउदै । गाउँपालिका उपाध्यक्ष कान्छि लामा वडाध्यक्षहरु जालबहादुर लामा,भोजलाल श्रेष्ठ लगायतले पुल निर्माण पछि यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज भएको बताए ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *